कृषि तथा पशु-पन्क्षि ससमाचार

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन : चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ। कारागारमा रहेका सो सम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन्। भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन्, जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन्। कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए, तीमध्ये दुई जनाबाहेक सबै भागेका थिए। कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ, जसमध्ये ६० जना अझै सम्पर्कमा छैनन्। गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ। सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरूको सूची तयार पारेर सो क्षेत्रमा निगरानी बढाइएको छ।…
Read More
कैलालीमा खोरेत पुष्टि, खोप अभियानमा सहभागी हुन आग्रह

कैलालीमा खोरेत पुष्टि, खोप अभियानमा सहभागी हुन आग्रह

धनगढी। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पालिएका भैँसी, बङ्गुर र बाख्रामा खोरेत  रोगको संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी प्रमुख डा. नरेश जोशीका अनुसार पशुहरूमा खोरेतसँग मिल्दोजुल्दो लक्षण देखिएपछि भेटेरिनरी प्रयोगशालाको टोलीले नमूना संकलन गरी बुढानिलकण्ठस्थित खोरेत प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको हो। खोरेत रोगका कारण नेपालले प्रत्येक वर्ष अर्बौँ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परिरहेको छ। सम्बन्धित निकायका अनुसार समयमा खोप नलगाइएकै कारण यो रोग विभिन्न स्थानमा फैलिरहेको छ। प्रदेश सरकारबाट सञ्चालन भइरहेको निःशुल्क खोप अभियानअन्तर्गत अनिवार्य रूपमा खोरेतको खोप लगाउन सबै पशुपालक कृषकलाई आग्रह गरिएको छ। साथै कृषकहरूलाई खोपको महत्वबारे जनचेतना…
Read More
अध्ययनले देखायो: एक अण्डा उत्पादन खर्च रु १९.२०

अध्ययनले देखायो: एक अण्डा उत्पादन खर्च रु १९.२०

चितवन : अण्डाको लागत मूल्य निरन्तर बढिरहेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाएर निकालेको ताजा प्रतिवेदनअनुसार यसअघिको लागत मूल्यभन्दा उच्च लागत देखिएको हो। लागत मूल्य अध्ययन समितिका सदस्यसचिव, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले एक गोटा अण्डाको लागत मूल्य रु १९.२० पर्न आएको छ। विगतमा यो लागत रु १६.५६ थियो। तीन वर्षअघि सरकारी तथा निजी क्षेत्रका भेटेरिनरी चिकित्सकहरुले संयुक्त रूपमा लागत मूल्य निर्धारण गरेका थिए। डा. दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी उत्पादन हुने अण्डाको लागत अध्ययन गरिएको हो। यसअनुसार चल्ला खरिद, दाना, औषधि, भ्याक्सिनलगायतका शीर्षकमा ठूलो खर्च…
Read More
झुपडीदेखि करोडौंको कुखुरा व्यवसाय : झलारीका रेवन चौधरीको प्रेरणादायी यात्रा

झुपडीदेखि करोडौंको कुखुरा व्यवसाय : झलारीका रेवन चौधरीको प्रेरणादायी यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित हुनुहुन्छ । लेयर्स जातका कुखुरापालनमा लाग्नुभएका उहाँले महिनामै रु तीन लाख बढीका अण्डा बिक्री गर्नुहुन्छ । कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा रु एक लाख जतिको रकम आम्दानी गर्नुहुन्छ । नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा हुनुहुन्छ । तीन दशकदेखि उहाँले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आउनुभएको छ । उहाँको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उहाँले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्नुहुन्छ…
Read More
सार्क क्षेत्रमा किन बर्ड फ्लू पुनः देखा परिरहेको छ?

सार्क क्षेत्रमा किन बर्ड फ्लू पुनः देखा परिरहेको छ?

पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्ड फ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका छन्। झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्ड फ्लूका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन्। एभिएन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लू सर्वप्रथम पंक्षीबाट मानिसमा सन् १९९७ मा हङकङमा देखिएको हो। त्यसबेला १८ जना मानिस बिरामी परेका थिए र ८ जनाले ज्यान गुमाएका थिए। हङकङमा सबै प्रकारका पंक्षी तथा पंक्षीजन्य पदार्थ नष्ट गरिएको थियो र खुला रूपमा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको थियो। त्यसअघि नेपालमा जस्तै हङकङमा पनि पंक्षीहरू खुला रूपमा बिक्री–वितरण गर्ने चलन रहेको थियो। भारतमा अहिलेसम्म पटक–पटक गरी बर्ड फ्लू रोगका…
Read More
विदेशको अनुभवले गाउँमा चम्कियो उद्यम

विदेशको अनुभवले गाउँमा चम्कियो उद्यम

भोजपुर: वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँका युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन्। विदेशको भोगाइ र अनुभवलाई सँगालेर सुरु गरेका व्यवसायबाट उनीहरूले राम्रो लाभ उठाइरहेका छन्। टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको उदाहरण हुन्। लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिनुभएको हो। अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उहाँले बताउनुभयो। परिवारसँग बसेर गाउँमै गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ। “विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन,” बस्नेतले भने, “अहिले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.