AgriVet Sanchar

आजको मौसम: देशभर हावाहुरीको जोखिम, पहाडमा हिमपात र मध्यम वर्षा सम्भावना

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आज देशका धेरै स्थानमा मौसम अस्थिर रहने जनाएको छ। विभागद्वारा सार्वजनिक गरिएको चेतावनी नक्सा अनुसार विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र मध्यम वर्षाको सम्भावना रहेको छ भने विभिन्न स्थानमा हावाहुरी चल्न सक्ने देखिएको छ।

नक्सा अनुसार सुदूरपश्चिमदेखि पूर्वी भेगसम्मका पहाडी क्षेत्रमा बदलीसँगै वर्षा हुने सम्भावना छ। उच्च हिमाली जिल्लाहरूमा हल्का देखि मध्यम हिमपात हुन सक्ने भएकाले ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

त्यस्तै, तराई र भित्री मधेशका केही भागमा हावाहुरी चल्ने संकेत देखिएको छ। विशेषगरी मध्य तथा पूर्वी क्षेत्रमा हावाहुरीको प्रभाव बढी रहने अनुमान गरिएको छ, जसले दैनिक जनजीवन र यातायातमा असर पार्न सक्नेछ।

मौसम विभागले केही जिल्लाहरूलाई ‘सतर्क रहनु’  र केहीलाई ‘अध्यावधिक रहनु’  श्रेणीमा राखेको छ। यसले ती क्षेत्रमा मौसम अचानक परिवर्तन हुन सक्ने संकेत गर्दछ।

विभागले किसान, यातायात व्यवसायी तथा सर्वसाधारणलाई मौसमको जानकारी नियमित रूपमा लिन, आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा नजान सुझाव दिएको छ

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.