AgriVet Sanchar

२२ करोड बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

काठमाडौं —

उखु किसानलाई दिनुपर्ने करोडौं रुपैयाँ भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। किसानको बक्यौता रकम लामो समयसम्म नतिरी आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ स्थायी घर भई हाल पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका विनोद साह कलवार रहेका छन्।

प्रहरीका अनुसार यी दुवै सञ्चालकमाथि उखु किसानको करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी गैरकानुनी लाभ लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि उनीहरू सम्पर्कविहीन बनेका थिए भने खोजीका क्रममा प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ।

हाल उनीहरूमाथि आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.