AgriVet Sanchar

सात महिनामै १५ अर्बको फड्को: गलैंचा र ‘हिमालयन छुर्पी’ ले उचाल्यो नेपालको पशुजन्य निर्यात

नेपालको पशुपन्छी तथा पशुजन्य उत्पादन क्षेत्रले चालु आर्थिक वर्ष २०८२/८३ (2025/26) को पहिलो सात महिनामा उल्लेखनीय निर्यात वृद्धि हासिल गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा पशुजन्य तथा पशुपन्छीसम्बन्धी वस्तुहरूको कुल निर्यात रु. १५ अर्बभन्दा बढी पुगेको छ, जुन क्षेत्रका लागि सशक्त उपलब्धि मानिएको छ।
यस अवधिमा प्रशोधित तथा मूल्य अभिवृद्धि भएका उत्पादनहरूको निर्यात उल्लेख्य रूपमा बढेको देखिन्छ।
मुख्य निर्यात वस्तुहरू:
* ऊनको गलैंचा : रु. ६ अर्ब ४० करोड
* ऊन : रु. ३ अर्ब ४० करोड
 ऊन र गलैंचाको संयुक्त निर्यात कुल निर्यातको झण्डै दुईतिहाइ हिस्सा ओगटेको छ।
* पशुखाद्य कच्चा पदार्थ : रु. २ अर्ब ५० करोड
* डग च्यु (छुर्पी/हिमालयन च्यु) : रु. २ अर्ब ३० करोड
* गत आर्थिक वर्षको सोही अवधिमा: रु. २ अर्ब १२ करोड
डग च्यु अन्तर्राष्ट्रिय बजारमा प्रिमियम ‘पेट ट्रिट’ का रूपमा स्थापित हुँदै गएको छ, विशेषगरी संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा यसको माग तीव्र गतिमा बढिरहेको छ।
गत आर्थिक वर्ष २०८१/८२ (2024/25) मा डग च्युको निर्यात रु. ४ अर्ब ५० करोड पुगेको थियो, जुन आर्थिक वर्ष २०७६/७७ (2019/20) मा मात्र रु. १ अर्ब २२ करोड थियो।
यसको तुलनामा प्राथमिक उत्पादनहरूको योगदान अपेक्षाकृत न्यून देखिएको छ:

* दुग्धजन्य पदार्थ: रु. ६४ लाख
* मह: रु. ४५ लाख
* जिउँदा जनावर: रु. ३० लाख
* मासुजन्य पदार्थ: रु. २३ लाख
* माछा तथा माछाजन्य पदार्थ: रु. १४ लाख
* छाला तथा छालाजन्य पदार्थ: रु. २५ करोड ४० लाख
Nepal Veterinary Council का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार निर्यातमा देखिएको स्थिर वृद्धि बजार पहुँच विस्तार र उत्पादन क्षमतामा सुधारको संकेत हो। उहाँले निरन्तर सरकारी सहयोग, गुणस्तर अभिवृद्धि तथा बजार विविधीकरण भएमा नेपालको पशुपन्छी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा अझ सशक्त उपस्थिति जनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
समीक्षा अवधिमा नेपालको कुल निर्यात रु. १ खर्ब ६८ अर्ब पुगेकोमध्ये पशुजन्य उत्पादनहरूको हिस्सा झण्डै ९ प्रतिशत रहेको छ।
डा. शाहीका अनुसार कच्चा पदार्थभन्दा प्रशोधित तथा अन्तिम उत्पादनबाट नेपालले बढी लाभ लिन सकेको छ। विशेषगरी ‘हिमालयन डग च्यु (छुर्पी)’ लाई अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत प्रवर्द्धन गर्न सकेमा निर्यात अझ तीव्र रूपमा वृद्धि हुने सम्भावना रहेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.