काठमाडौँ । डा. हेम अवस्थी लाई नेपाल पशु चिकित्सा परिषद्को अध्यक्ष पदमा मनोनित गरिएको छ। हाल राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला
हरिहरभवन, ललितपुर अन्तर्गत प्रमुख पशु विकास अधिकृत को जिम्मेवारी सम्हाल्दै आएका डा. अवस्थीको नियुक्तिसँगै पशु स्वास्थ्य तथा पशु चिकित्सा क्षेत्र अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।
पशु चिकित्सा क्षेत्रको नीति निर्माण, व्यवसायिक मर्यादा, सेवा विस्तार तथा पशु स्वास्थ्य सुरक्षामा उहाँले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। पशु सेवा विभाग तथा पशु चिकित्सा क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूले डा. अवस्थीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवनियुक्त अध्यक्ष डा. अवस्थीको कार्यकालले नेपालको पशु स्वास्थ्य, पशु कल्याण तथा पशुपन्छी क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।