AgriVet Sanchar

सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द, जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि निर्णय

ललितपुर, असार ५ — राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको सदर चिडियाखाना (जावलाखेल) मा रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

सदर चिडियाखानाले जारी गरेको सूचनाअनुसार चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि आम सर्वसाधारण तथा दर्शकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आज मिति २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।

चिडियाखाना व्यवस्थापनले दर्शकहरूलाई यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सावधानी अपनाइएको जनाएको छ। संक्रमण नियन्त्रण तथा थप जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कदम चालिएको बताइएको छ।

बर्ड फ्लु संक्रमण देखिएसँगै चिडियाखानामा रहेका जीवजन्तुको स्वास्थ्य निगरानी, नमुना परीक्षण तथा जैविक सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको स्रोतले जनाएको छ।चिडियाखाना पुनः सञ्चालनबारे अर्को सूचना जारी गरी जानकारी गराइने व्यवस्थापनले जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.