AgriVet Sanchar

हेटौंडाको पोल्ट्री फर्ममा आगलागी, १५ हजारभन्दा बढी चल्ला जलेर खरानी 

हेटौंडा उपमहानगरपालिका–१७, गौरिगाउँमा रहेको राजु अधिकारीद्वारा सञ्चालित एक पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजारभन्दा बढी कुखुराका चल्ला जलेर मरेका छन्।
अधिकारीद्वारा सञ्चालित पशुपति पोल्ट्री फर्ममा चल्ला ब्रुडिङका क्रममा प्रयोग गरिएको ग्यास ब्रूडर अत्यधिक तात्दा भुसमा आगो सल्किएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

आगलागीको समयमा उक्त खोरमा ३ दिन उमेरका १६ हजार १८२ वटा चल्ला रहेका थिए। तीमध्ये करिब ९ सय चल्ला उद्धार गर्न सकिए पनि बाँकी १५ हजार २८२ वटा चल्ला आगलागीमा परी नष्ट भएका छन्। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबाट मानवीय तथा अन्य भौतिक क्षति नभएको स्रोत ले जनाएको छ।

 

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.