AgriVet Sanchar

हीकाष्ट कलेजको २५ औ साधारण सभा सम्पन्न

काठमाडौं पौष २६। मिति २०८२ साल पौष २६ गते शनिवारका दिन पब्लिक प्राइभेट क्षेत्रमा स्थापित  कृषि तथा पशु चिकित्सा क्षेत्रको अग्रिणी संस्था हिमालयन  कलेज अफ एग्रीकलचरल साइन्सेज एण्ड टेक्नोलोजी हिकष्ट कलेजले आफ्नो २५ औ साधारण सभा सम्पन्न सम्पन्न गरेको छ। कलेजको साधारण सभा त्रिपुेश्वरस्थित बोगनभिल्ला पाटी प्यालेसमा श्री शुभेक्षा श्रेष्ठ ले सञ्चालन गर्नु भएको थियो कलेजका संस्थापक अध्यक्ष डा. विनायक प्रसाद राजभण्डरी ज्यू ले अध्यक्षता गर्नु भयो, त्यसै गरी प्रमुख अतिथि कृषि तथा पशुसेवा विभागका निर्देशक डा.उमेश दाहाल ज्यू हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा स्वागत मन्तब्य कलेजका प्रिन्सिपल डा. श्रीराम प्रसाद न्यौपाने ज्यूले राख्नु भएको थियो।
 
 
संस्थापक सञ्चालक सदस्य देखि हाल सम्म का सञ्चालक समिति सदस्य,कलेजका शेयर सदस्य, कर्मचारी र कलेज संग आबद्ध विभिन्न संघ संस्थाहरुमा रहेका शुभेच्छुक हरुको पनि उल्लेखनीय सहभगिता रहेको थियो । सो कार्यक्रममा कलेजमा २५ वर्ष सम्म निरन्तर रूपमा कार्य गर्ने कर्मचारी आर्थिक प्रशासन तथा मानव संशाधन प्रमुख श्री गिता देवकाेटा र बरिष्ठ कार्यालय सहयोगी श्री चन्द्रकला भण्डारी लाई सम्मान पत्र प्रदान गरियो भने त्यसै गरी भेटेरिनरी कार्यक्रम तर्फका उत्कृष्ट विद्यार्थी आशिका भट्टराई र प्रजनी मानन्धर लाई सुवर्ण कमला र शुन्दर मोहन प्रतिष्ठान अवार्ड बाट सम्मानित गरी कार्यक्रम को पहिलो सत्र समापन गरियो । चियापान कार्यक्रम पछि बन्द सत्र कम्पनी सचिव श्री सन्तोष भट्टराई ज्यू ले सञ्चालन गर्नु भयो भने कलेजका कार्यकारी अध्यक्ष ज्यूले कलेजको वर्तमान अवस्था को बारेमा प्रष्ट पार्नु भयो । त्यसैगरीआर्थिक प्रशासन प्रमुख ज्यू ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो र शेयर सदस्य हरुबाट उठाइएका प्रश्नहरूको उत्तर दिई कलेजको आगामी रणनीति र कार्यक्रम को बारेमा प्रष्ट पारी कार्यकारी अध्यक्ष ज्यू बाट साधारण सभा सम्पन्न भएको घोषणा गरि कार्यक्रम समपन्न भएको हिकास्ट कलेजका भेटेरीनारी कार्यक्रम प्रमुख डा.शुबास पौडेलले जानकारी गराउनु भयो।
             
स्रोत: डा.शुबास पौडेल

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.