कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको वितरणलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था अघि सार्नुभएको छ। २०८३ वैशाख १६ गते उहाँले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दोस्रो संशोधन स्वीकृत गर्दै प्रणाली सुधारको पहल गर्नुभएको हो।
नयाँ संशोधनपछि मल आपूर्ति र वितरण प्रक्रिया अझै पारदर्शी, उत्तरदायी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। यसले लामो समयदेखि देखिँदै आएको मलको अभाव र वितरणमा हुने अनियमिततालाई नियन्त्रण गर्दै किसानलाई समयमै मल उपलब्ध गराउन सहयोग गर्ने विश्वास लिइएको छ।
सरकारका अनुसार, यस सुधारले कृषि उत्पादन वृद्धि, उत्पादकत्व अभिवृद्धि र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ। साथै, समग्र कृषि क्षेत्रको सुदृढीकरण हुँदै देशको आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
