AgriVet Sanchar

दुग्ध किसानको हित र डीडीसी सुदृढीकरणमा सरकार केन्द्रित

सरकारले स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको बजार विस्तारका विषयमा विशेष चासो देखाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसीका दुग्धजन्य उत्पादनलाई देशव्यापी रूपमा प्रवर्द्धन गर्ने र उपभोक्तामाझ थप पहुँच विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले डीडीसीको भूमिका सुदृढ बनाउने तथा स्वदेशी दुग्ध उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरेकी थिइन्।

उनले नेपाली दुग्ध किसानको हित संरक्षण, दूधको उचित व्यवस्थापन तथा डीडीसीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि संस्थानका उत्पादनहरूको प्रयोग र प्रचारलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा राखिन्। साथै, डीडीसीलाई गुणस्तरीय, प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न विभिन्न सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले उल्लेख गरिन्।

मन्त्री चौधरीले किसानबाट संकलित दूधको स्थायी बजार सुनिश्चित गर्न तथा उत्पादन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारी सहयोग अपरिहार्य रहेको बताएकी थिइन्।

सोही अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न उत्पादनहरू हस्तान्तरण गरी स्वदेशी वस्तुको प्रयोग बढाउने अभियानमा सहभागिता जनाउन आग्रह गरेकी थिइन्।

वर्षौंदेखि नेपाली उपभोक्तालाई दूध, घिउ, दही, पनिर र चिजलगायतका गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई प्रधानमन्त्री शाहले पनि समर्थन जनाएका थिए।

प्रधानमन्त्रीले स्वयं डीडीसीका उत्पादनहरूको प्रचारप्रसारमा चासो देखाउँदै स्वदेशी वस्तुको उपभोग वृद्धि र राष्ट्रिय उत्पादनप्रति विश्वास बढाउनुपर्ने सन्देश दिएका थिए।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.