AgriVet Sanchar

धानसँगै गहुँतर्फ खाद्यको मोड, खरिद रणनीतिमा ठूलो फेरबदल

काठमाडौँ—खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ मा धान खरिदको लक्ष्य घटाउँदै करिब १० हजार क्विन्टल गहुँ खरिद गर्ने निर्णय गरेको छ। सुरुमा १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने योजना रहे पनि त्यसबाट १० हजार क्विन्टल घटाई १ लाख ८० हजार क्विन्टलमा सीमित गरिएको कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी प्रमुख रमेश आचार्यका अनुसार धान मात्रै खरिद गर्दा आपूर्ति व्यवस्थापनमा समस्या देखिएपछि गहुँ पनि खरिद गर्नुपर्ने आवश्यकता परेको हो। खाद्यले सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा मोटा र मध्यम धान खरिद गर्दै आएको छ।

 

मंसिर ४ गतेदेखि सुरु भएको धान खरिदअन्तर्गत हालसम्म करिब १ लाख ३५ हजार क्विन्टल धान खरिद भइसकेको छ, जसको कुल मूल्य ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ। धनगढी, राजापुर, नेपालगञ्ज र महेन्द्रनगर क्षेत्रबाट सबैभन्दा बढी धान खरिद भएको छ भने केही स्थानमा स्वीकृति भए पनि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन। किसानले धानको उचित मूल्य नपाएको गुनासो बढेपछि खाद्यले पछिल्ला वर्षहरूमा सरकारी समर्थन मूल्यमा धान खरिद गर्दै आएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.