AgriVet Sanchar

भक्तपुर र बनेपाका कुखुरा फार्ममा बर्ड फ्लुको आशंका

भक्तपुर र काभ्रेको बनेपास्थित केही कुखुरा फार्ममा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) को आशंका गरिएको छ। उक्त क्षेत्रका केही फार्मबाट नमुना सङ्कलन गरी निजी प्रयोगशालामा गरिएको  र्‍यापिड परीक्षणमा बर्ड फ्लु पोजेटिभ देखिएको  पाइएको छ।

प्रारम्भिक जानकारी अनुसार ब्रोइलर कुखुरामा असामान्य बिरामी हुने,श्वासप्रश्वासमा समस्या हुने, तथा उच्च मृत्युदर हुने लक्षण देखिएपछि नमुना परीक्षणका लागि पठाइएको थियो। निजी प्रयोगशालामा गरिएको र्‍यापिड टेस्टको नतिजाले पोजेटिभ देखिएपछि स्थानीय स्तरमा सतर्कता बढाइएको  छ।

यद्यपि यो र्‍यापिड परीक्षण मात्र भएकाले यसको अधिकारीक पुष्टि हुन भने बाँकी छ। कुन भेरियन्टको बर्ड फ्लु हो भन्ने जानकारी भने केन्द्रीय पशु रोग प्रयोगशालाबाट (CVL) आउनेछ, हालसम्म केन्द्रीय पशु रोग प्रयोगशाला (CVL) वा सम्बन्धित सरकारी निकायबाट यसबारे कुनै आधिकारिक सूचना वा पुष्टि सार्वजनिक गरिएको छैन।

अधिकारीहरूले भने औपचारिक प्रयोगशाला परीक्षणपछि मात्र रोगको निश्चित पुष्टि हुने बताएका छन्। यसैबीच, स्थानीय  किसान लाई कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त नजिकको पशु सेवा कार्यालयमा जानकारी दिन र फार्ममा जैविक सुरक्षा (बायोसिक्युरिटी) का उपायहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.