काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसन (NVA) बागमती प्रदेशले आफ्ना सदस्य तथा तिनका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चितवन र भक्तपुरका दुई प्रमुख अस्पतालसँग समझदारी (MoU) गरेको छ।
यसअन्तर्गत चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) तथा भक्तपुरको दधिकोटस्थित काठमाडौं मेडिकल कलेज (KMC) पब्लिक लिमिटेड सँग सहकार्य गरिएको हो।सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्सेस, चितवनमा NVA बागमतीका सदस्य तथा तिनका परिवारलाई विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।त्यसैगरी काठमाडौं मेडिकल कलेज (KMC) मा OPD सेवा निःशुल्क हुने तथा विभिन्न सेवाहरूमा २५ प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ।
चितवनमा भएको सम्झौतामा अस्पतालका डेपुटी डाइरेक्टर प्रो. डा. राजेश कुमार यादव र NVA बागमतीका अध्यक्ष डा. निमेष खनालले हस्ताक्षर गरेका छन् भने KMC सँगको सम्झौतामा CEO नारायण प्रसाद दाहाल, पब्लिक रिलेसन्स अफिसर सुधा कँडेल र अध्यक्ष डा. निमेष खनालको हस्ताक्षर रहेको छ।
यस सहकार्यले पशु चिकित्सक तथा तिनका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ। साथै, भविष्यमा थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने लक्ष्य पनि लिइएको छ।



