AgriVet Sanchar

अस्तित्वको खोजीमा हिडेको पेंगुइनको यात्रा: भाइरल बनेको पेंगुइनको कथा

नेपाल। हालै सामाजिक सञ्जालमा एक मन छुने भिडियो तीव्र गतिमा भाइरल भइरहेको छ।। भिडियोमा देखाइए अनुसार एउटा एक्लो एडेली पेंगुइन हिउँले ढाकिएको विशाल मैदानमा आफ्नो समूह र समुद्रतर्फको सुरक्षित मार्ग छोडेर, धेरै टाढाको हिमाली पहाडतर्फ निरन्तर यात्रा गरिरहेको छ। यस दृश्यले इन्टरनेट प्रयोगकर्ताहरूको ध्यान खिचेको छ भने यसलाई “निहिलिस्ट पेंगुइन” को उपनाम दिइएको छ।

तर यो दृश्य भने नयाँ होइन। यो सन् २००७ मा प्रसिद्ध जर्मन निर्देशक वर्नर हर्जोगद्वारा निर्मित डकुमेन्ट्री Encounters at the End of the World बाट लिइएको हो। वैज्ञानिकहरूका अनुसार, यसरी समूहबाट अलग हुने पेंगुइन कहिलेकाहीँ दिशाभ्रम, रोग वा मानसिक असन्तुलनका कारण यस्तो अनपेक्षित यात्रा गर्छन् र  प्रायः यस्तो अवस्थामा ती पेंगुइन जीवित रहन सक्दैनन्।

सामाजिक सञ्जालले यस दृश्यलाई वैज्ञानिक दृष्टिकोणभन्दा फरक अर्थबाट व्याख्या गरेको छ। प्रयोगकर्ताहरूले पेंगुइनको यात्रा थकान, निराशा, अस्तित्ववादी चिन्तन र सामाजिक भीडबाट टाढा रहन चाहने मानसिकताको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्। विशेष गरी युवापुस्ताले यस पेंगुइनलाई  “काम, दायित्व र सामाजिक अपेक्षाबाट थाकेको आत्मा” सँग तुलना गरेका छन्।

मनोविश्लेषकहरूको दृष्टिकोणमा, पेंगुइनप्रति मानिसहरूको आकर्षण केवल मनोरञ्जनका लागि मात्र होइन। यो महामारीपछिको तनाव, आर्थिक दबाब, अनिश्चित भविष्य र सामाजिक अपेक्षाले मानिसहरूलाई आफ्नो अनुभव यस एक्लो पेंगुइनसँग जोड्न प्रेरित गरेको छ।

फोटोमा देखिएको पेंगुइनको यात्रा केवल हिँडाइ मात्र होइन, यो मानव अस्तित्वको मौन पीडा, प्रश्न र खोजको प्रतीक बनेको छ। हिउँले ढाकिएको विशाल मैदान,टाढा -टाढा का पहाड र सानो पेंगुइनको एकान्त आकृतिले दर्शकको मनमा गहिरो प्रभाव छोडेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.