जापानको इजाकावा सिटीको एउटा चिडियाखानामा सानो बाँदरको बच्चा मकाक जन्मियो, चिडियाखानामा काम गर्ने कर्मचारीहरूका लागि भने यो कुरा सामान्य नै थियो। सबै कुरा सामान्य नै चलिरहेको थियो, तर दुई चार दिनपछि कर्मचारीहरूले एउटा अप्रत्याशित दृश्य देखेँ। पञ्चको आमाले उसलाई एकदम बेवास्ता गरिरहेको थियो,स्याहार सुसार गर्न कन्जुसाइ गरिरहेको थियो , दुध खुवाउन पूर्णरूपमा बन्द गरेको थियो । र यो अवस्था पञ्चको लागि एकदम कठिन हुँदैजान थाल्यो।

आमाको मायाबिना पञ्चले न त भावनात्मक सुरक्षा पायो, न त शारीरिक सुरक्षा । अब पञ्च एक्लो हुन थाल्यो, आफूले आफूलाई एक्लो महसुस गर्न थाल्यो खासमा पञ्च भित्रभित्रै टुटिसकेको थियो । चिडियाखानाका कर्मचारीहरूले भने पञ्चलाई आमाबाट अलग्ग्याएर उसलाई आफ्नो रोहवरमा पालन पोषण, रेखदेख र हेरचाह गर्न थाले , पञ्चलाई चाहिने सबै कुराहरू दिएँ।तर पञ्चलाई भने भावनात्मक साथ चाहिएको थियो, सहारा चाहिएको थियो, आमाको जस्तो कोख चाहिएको थियो, अङ्गालो चाहिएको थियो।
भावनात्मक सहाराकै खोजीमा बेलाबेला अर्को समूहमा जान खोज्थ्यो ,र अर्को समूहबाट पनि तिरस्कार र हेला पाएपछि ऊ एक्लै बसेर टोलाउन थाल्यो। चिडियाखानामा काम गर्ने एक कर्मचारीले पञ्चको उक्त भावना बुझी पञ्चलाई बादरकै अनुहार जस्तो देखिने नरम, मुलायम र उसको आमा जत्रै ,बाँदर जस्तै देखिने खेलौना पञ्चलाई दिएँ।बिस्तारै पञ्चले उक्त खेलौनालाई साथी बनायो ,उसैसँग खेल्यो ,खेलौनालाई परिवार सम्झियो, उसै सँग बस्न थाल्यो र खेलौनालाई आमा सम्झियो र उसको न्यानो काखमा आफै बाँधिन थाल्यो। जब पञ्चलाई डर लाग्थ्यो, दरीलो गरी खेलौनालाईनै च्याप्थ्यो जसरी उ डराउँदा आमालाई च्याप्थ्यो ।
र त्यो क्षण क्यामेरामा कैद भयो। भिडियो इन्टरनेटमा अपलोड भयो। सामाजिक सञ्जालमा भाइरल भयो ।
भाइरल भएपछि, मानिसहरूले पञ्चलाई माया देखाउन थाले।
कम्पनीहरूले खेलौना पठाए।
मानिसहरूले समर्थन सन्देश पठाए।
चिडियाखानामा पञ्चलाई हेर्न आउनेहरू बढे। समयसँगै, पञ्च बिस्तारै अन्य बाँदरहरूसँग घुलमिल हुन थाल्यो। शुरुमा डराइरह्यो, तर पछि केही बाँदरहरूले उसलाई स्वीकार्न थालेँ। एक दिन, एउटा ठूलो देखिने बाँदर पञ्चको नजिक आयो।
पञ्च डरायो।
तर त्यो बाँदरले भने तर्साएन बरु, उसले पञ्चलाई आमाले जस्तो गरी अंगालो हाल्यो। त्यो क्षणले पञ्चको जीवनमा नयाँ अध्याय ल्यायो ।
