मोरङको उर्लाबारी–८ स्थित अठियाबारी कृषि फर्म प्रालिमा फैलिएको एचफाइभ एनवान (बर्ड फ्लु) संक्रमणले एक सफल कृषकको वर्षौंको मेहनत एकैपटक तहसनहस पारेको छ । अत्यन्तै संक्रामक मानिने उक्त रोग पुष्टि भएपछि फार्ममा ठूलो क्षति भएको हो । संक्रमण फैलिनासाथ करिब ८ हजार कुखुरा लेयर्स मरे भने थप फैलावट रोक्न बाँकी रहेका १८ हजार कुखुरा पनि नष्ट गर्नुपरेको छ । साथै १४ हजार ७ सय अण्डा र करिब ६ हजार केजी दाना पनि नष्ट गरिएको छ।प्रारम्भिक विवरणअनुसार यस घटनाबाट करिब २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
