AgriVet Sanchar

कृषि र वन मन्त्रालय एकीकृत रूप मा जाने: गीता चौधरीको नेतृत्वबाट सुधारको अपेक्षा

काठमाडौँ — सरकारले कृषि तथा पशुपन्छी विकास क्षेत्रको नेतृत्वका लागि गीता चौधरी लाई मन्त्री नियुक्त गरेको छ। उनले कृषि तथा पशुपन्छी विकाससँगै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पदभार ग्रहण गरेकी छन्।

नयाँ सरकार, बालेन्द्र शाह को नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले कृषि र वन क्षेत्रलाई एकीकृत गर्दै समन्वित विकासको लक्ष्य अघि सारेको छ।

पदभार ग्रहणपछि मन्त्री चौधरीले कृषि क्षेत्रका विद्यमान समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताएकी छन्। उनले उत्पादन वृद्धि, किसानमैत्री नीति निर्माण तथा कृषि प्रणालीको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण मानिन्छ। कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय हिस्सा ओगटेको यस क्षेत्रमा देशको ठूलो जनसंख्या निर्भर छ। तर, मल तथा बिउको अभाव, बजार व्यवस्थापनको कमजोरी, प्रविधिमा सीमित पहुँच र पशु स्वास्थ्य सेवाको कमी जस्ता समस्या अझै कायम छन्।

सरकारले कृषि र वन मन्त्रालयलाई एकीकृत गर्ने निर्णयलाई नीतिगत सुधारको प्रयासका रूपमा हेरेको छ। यसले प्राकृतिक स्रोत व्यवस्थापन र कृषि उत्पादनबीच समन्वय बढाउने अपेक्षा गरिएको छ।

यसैबीच, किसानहरूले नयाँ नेतृत्वसँग समयमा मल र बिउ उपलब्ध गराउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा कृषि क्षेत्रमा आधुनिक प्रविधिको विस्तार गर्ने विषयमा ठोस पहलको अपेक्षा गरेका छन्।

कृषि क्षेत्रमा देखिएका चुनौतीबीच नयाँ मन्त्रीको नियुक्तिसँगै सुधारको अपेक्षा बढेको छ। अब मन्त्रालयको कार्यान्वयन क्षमता र नीतिगत प्रभावकारिताले आगामी परिणाम निर्धारण गर्ने देखिन्छ

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.