AgriVet Sanchar

महासंघ निर्वाचन: कृषि तथा पशुपन्छी प्रतिनिधित्व गर्दै रविन पुरी, बसन्त चन्द मरहट्टा र सुनिता नेमाफुकी उम्मेदवार

काठमाडौं — नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन नजिकिँदै जाँदा विभिन्न क्षेत्रका व्यवसायीहरूले उम्मेदवारी दर्ता गरेका छन्। यसपटकको निर्वाचनलाई निजी क्षेत्रको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

वस्तुगत तर्फ कार्यकारिणी सदस्य पदका कुखुरा तथा फिड व्यवसायसँग सम्बद्ध रविन पुरी कार्यकारिणी सदस्य पदका प्रत्याशी हुन्।रविन पुरी नेपाल फिड उद्योग संघका पूर्व अध्यक्ष हुन्। उनी पशुपन्छी तथा फिड उद्योगसँग प्रत्यक्ष रूपमा आबद्ध रहँदै उक्त क्षेत्रको विकास र विस्तारमा सक्रिय भूमिका खेल्दै आएका छन्।उनले उद्योग, व्यापार तथा निजी क्षेत्रको विस्तारका लागि आफू र आफ्नो समूहका उपाध्यक्ष शिवप्रसाद घिमिरेसहित सबै सदस्यहरूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन्।

त्यस्तै, वस्तुगत तर्फ कार्यकारिणी सदस्य पदका लागि बसन्त चन्द मरहट्टा ले आफ्नो उम्मेदवारी दर्ता गर्दै निजी क्षेत्रका समस्याहरू समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।बसन्त चन्द मरहट्टा नेपाल बीउ संघका पूर्व अध्यक्ष हुन्। उनी “गोरखा सिड” लगायत विभिन्न कम्पनीहरू सञ्चालन गर्दै आएका अनुभवी उद्यमीका रूपमा परिचित छन्। कृषि इनपुट क्षेत्रमा उनको लामो अनुभव रहेको छ। उनले व्यवसायीहरूको आवाज सशक्त बनाउँदै परिणाममुखी कार्यमा केन्द्रित रहने बताएका छन्।

कृषि बजार तथा सम्बन्धित क्षेत्रमा सक्रिय सुनिता नेमाफुकी ले पनि वस्तुगत क्षेत्रबाट उम्मेदवारी दर्ता गरेकी छन्।सुनिता नेमाफुकी नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAEMA) की उपाध्यक्ष हुन्। उनी “R & D” कम्पनीकी CEO समेत रहेकी छन् र कृषि यान्त्रीकरण तथा प्रविधि विस्तारमा सक्रिय रूपमा काम गर्दै आएकी छन्। उनी कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै नीति सुधार र बजार विस्तारमा भूमिका खेल्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिएकी हुन्।

उम्मेदवारहरूले निजी क्षेत्रको दिगो विकास, नीति सुधार, व्यवसायमैत्री वातावरण निर्माण र सम्बन्धित संघ–संस्थाको प्रभावकारी प्रतिनिधित्वलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।महासंघको आगामी निर्वाचनले निजी क्षेत्रको नेतृत्व चयन मात्र नभई नीति निर्माणमा प्रभाव पार्ने भएकाले यसलाई अत्यन्तै महत्वपूर्ण रूपमा हेरिएको छ।

विशेष रूपमा, कृषि तथा पशुपशुपन्छी क्षेत्रबाट यी तीनै जना उम्मेदवारहरू उपाध्यक्ष शिवप्रसाद घिमिरे नेतृत्वको प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.