AgriVet Sanchar

एफएनसीसीआईको ६०औँ अधिवेशनः रबिन पुरी केन्द्रीय सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ  को ६०औँ महाधिवेशनबाट वस्तुगत समूह तर्फ कार्यकारिणी सदस्य पदमा अत्याधिक मतसहित दोस्रो कार्यकालका लागि सफल व्यवसायी रविन पुरी विजयी भएका छन्।

पञ्चकन्या फिड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक समेत रहेका पुरी नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा एक परिचित र सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। पशुपालन तथा कृषि क्षेत्रमा योगदान पुर्‍याउँदै आएको पञ्चकन्या फिड इन्डस्ट्रिजमार्फत उनले उत्पादनमूलक उद्योग, रोजगारी सिर्जना तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

एफएनसीसीआईको निर्वाचनमा उल्लेखनीय मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि कार्यकारिणी सदस्यमा निर्वाचित हुनु पुरीप्रतिको व्यवसायी समुदायको विश्वास र समर्थनको प्रतीक मानिएको छ। निजी क्षेत्रका हकहित संरक्षण, उद्योगमैत्री वातावरण निर्माण, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

नवनिर्वाचित पुरीले आगामी कार्यकालमा निजी क्षेत्रका समस्या समाधान, उद्योग व्यवसायको प्रवर्द्धन तथा समग्र आर्थिक गतिविधिलाई थप सशक्त बनाउन प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.