कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित एकता सामुदायिक वनमा पाटेबाघको आक्रमणबाट एक वन हेरालु घाइते भएका छन्।
आज वन क्षेत्रमा कामका लागि गएका बेला बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीका अनुसार कृष्णपुर नगरपालिका–६ मा रहेको सामुदायिक वन क्षेत्रमा उक्त घटना भएको हो। घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार भइरहेको बताइएको छ।
वन कार्यालयले लालझाडी जङ्गल आसपासका क्षेत्रमा आवतजावत गर्दा स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।