AgriVet Sanchar

भारतबाट तस्करी हुँदै आएको ४ लाख बराबरको कुखुरा बरामद

सुनसरी, असार २७ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर, सुनसरीले भारतबाट अवैध रूपमा ल्याइँदै गरिएको बोइलर कुखुरा तथा सो ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडी नियन्त्रणमा लिएको छ।

कोशी गाउँपालिका–स्थित जुद्धगञ्ज क्षेत्रबाट करिब रु. ३ लाख ७५ हजार बराबरको बोइलर कुखुरा को २ च ११७४ नम्बरको सेतो बोलेरो पिकअप गाडी बरामद गरिएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा नियमित गस्ती र निगरानीका क्रममा उक्त कुखुरा तथा सवारीसाधन फेला पारिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको बताइएको छ।

सशस्त्र प्रहरीले सीमामा हुने अवैध पशुपन्छी तथा कृषि उपजको ओसारपसार रोक्न निगरानी थप कडा बनाइएको जनाएको छ। यस्ता गतिविधिले पशुजन्य रोगको जोखिम बढाउने र स्वदेशी उत्पादन तथा व्यवसायमा समेत असर पार्ने सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.