AgriVet Sanchar

निर्वाचनको समयमा बजारमा कडाइ : कुलेश्वरमा २६ फर्ममाथि विभागको अनुगमन

काठमाडौँ — निर्वाचनको समयमा बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न तथा उपभोक्ताको हकहित जोगाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले एकै दिन २६ वटा व्यवसायिक फर्ममा बजार अनुगमन गरेको जनाएको छ।

खाद्यान्न र फलफूल कारोबार गर्ने पसलहरूलाई प्राथमिकतामा राखेर गरिएको निरीक्षणमा विभागले सम्बन्धित व्यवसायीलाई प्रचलित कानुनको कडाइका साथ पालना गर्न सचेत गराएको छ। निर्वाचनको अवसर पारेर खाद्य सामग्री लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी असुल गर्ने जस्ता गतिविधि बढेको भन्ने गुनासो आएपछि विभागले सक्रियता बढाएको हो।

सोमबार कुलेश्वर क्षेत्रमा केन्द्रित भएर गरिएको अनुगमनका क्रममा केही कैफियत फेला परेपछि रमेश फ्रुट ट्रेडर्सलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशनसहित सचेत गराइएको विभागले स्पष्ट पारेको छ।

उक्त अनुगमनमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवाला निकायको समेत सहभागिता रहेको जनाइएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.