AgriVet Sanchar

गण्डकीमा बाँदर आतंक बढ्दो : गण्डकीका सांसदद्वारा सरकारसँग ठोस योजना माग

काठमाडौं । अधिकांश सांसदहरूले पर्यटन क्षेत्रको विकाससँगै किसानहरूले भोग्दै आएको बाँदर आतंकको समस्यालाई प्रमुख रूपमा उठाएका छन्।

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा बाँदरका कारण कृषकहरू मारमा परिरहेको उल्लेख गर्दै सांसदहरूले यस समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्। विशेषगरी खेतीपातीमा ठूलो क्षति भइरहेको भन्दै उनीहरूले सरकारलाई प्रभावकारी नियन्त्रण रणनीति ल्याउन आग्रह गरेका छन्।

पर्वत, बागलुङ र स्याङ्जाबाट निर्वाचित सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि ठोस योजना बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनीहरूले समस्या समाधानका लागि तत्काल पहल आवश्यक रहेकोमा जोड दिएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.