AgriVet Sanchar

काभ्रेमा मृत कागमा बर्ड फ्लु पुष्टि, पोल्ट्री क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित २६ नम्बर ब्रिगेड आर्मी ब्यारेक नजिक मृत अवस्थामा फेला परेका कागहरूमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अनुसार मृत कागबाट संकलित नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला मा परीक्षण गर्दा “लो प्याथोजेनिक H9” प्रकारको बर्ड फ्लु पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै स्थानीय प्रशासनले सम्भावित जोखिम न्यूनीकरण तथा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन कुखुरा व्यवसायी, किसान तथा सर्वसाधारणलाई आग्रह गरेको छ। नगरपालिकाले सबै पोल्ट्री फार्महरूलाई कडा जैविक सुरक्षा (Biosecurity) अपनाउन, अनावश्यक मानिस तथा सवारीसाधनको प्रवेश रोक्न, उपकरण नियमित रूपमा निसंक्रमण गर्न तथा अन्य चराचुरुङ्गी र जनावरसँग सम्पर्क हुन नदिन निर्देशन दिएको छ।

त्यसैगरी किसानहरूलाई बिरामी वा मृत कुखुराको जानकारी नजिकको पशु सेवा कार्यालयमा तुरुन्त दिन, खुला रूपमा कुखुरा पालन नगर्न तथा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

पोल्ट्री तथा पोल्ट्रीजन्य उत्पादन ओसारपसार वा बिक्री वितरण गर्नु अघि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी पशु चिकित्सकीय प्रमाणपत्र लिनुपर्ने निर्देशन समेत जारी गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.