काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागको नेतृत्व पुनः डा. उमेश दाहाललाई सुम्पिएको छ। मन्त्रालयले पुस २३ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. दाहाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।
यसअघि विभागको नेतृत्व सम्हालिरहेका डा. तिवारीको कार्यकाल विभिन्न विवादमा परेपछि मन्त्रालयले उनलाई फिर्ता बोलाउँदै नेतृत्वमा परिवर्तन गरेको हो। त्यसको विकल्पका रूपमा अनुभवी प्रशासक डा. दाहाललाई पुनः जिम्मेवारी प्रदान गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
डा. दाहाल यसअघि पनि पशु सेवा विभागको महानिर्देशकको रूपमा सफल कार्यकाल पूरा गरिसकेका व्यक्ति हुन्। विभागीय प्रशासन, नीति कार्यान्वयन र संस्थागत व्यवस्थापनमा उनको अनुभवलाई मध्यनजर गर्दै मन्त्रालयले दोस्रो पटक नेतृत्व सुम्पिएको बुझिएको छ।