AgriVet Sanchar

किसानहरूको तथ्यांक अद्यावधिक गर्दै सरकार :२६ लाख किसान सूचीकृत

कृषि क्षेत्रका वास्तविक किसानको तथ्यांक व्यवस्थित गर्ने उद्देश्यले सञ्चालन गरिएको किसान सूचीकरण अभियानअन्तर्गत हालसम्म देशभरका करिब २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध भएका छन्।

कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार किसानको स्वामित्व वा उपयोगमा रहेको जमिनको विवरण, खेती गरिएको बाली तथा उत्पादनको अवस्थालाई आधार बनाएर सूचीकरण कार्य अघि बढाइएको हो। मन्त्रालयले किसानको पहिचान तथा कृषि क्षेत्रमा लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूचीकरणलाई प्राथमिकता दिएको जनाएको छ।

सूचीकरण प्रक्रियामार्फत किसानको अद्यावधिक विवरण संकलन भएपछि कृषि अनुदान, प्राविधिक सेवा तथा अन्य सरकारी सुविधालाई थप व्यवस्थित र लक्षित समूहसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ।

सरकारले कृषि क्षेत्रको तथ्यांक व्यवस्थापन र नीति निर्माणलाई थप प्रभावकारी बनाउन किसान सूचीकरण अभियानलाई निरन्तरता दिइरहेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.