AgriVet Sanchar

कृषि सामग्री कम्पनीको ३० हजार टन डीएपी मल नेपाल आउने तयारीमा

−पर्सा —

कृषि सामग्री कम्पनीका लागि खरिद गरिएको ३० हजार टन डीएपी (डाइ-अमोनियम फस्फेट) मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ। मल ढुवानीको जिम्मा पाएको भारतीय कम्पनी आइपीएल ले तेस्रो मुलुकबाट ल्याएर केही दिनअघि कोलकाता पुर्‍याएको हो।

कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार अहिले मललाई बोरामा प्याक गर्ने काम भइरहेको छ। प्याकिङ प्रक्रिया सकिएपछि करिब एक साताभित्र उक्त मल नेपाल भित्रिने अपेक्षा गरिएको छ।

धान रोपाइँको मुख्य सिजनमा किसानले डीएपी र युरिया मलको बढी आवश्यकता महसुस गरिरहेका बेला यो खेप आइपुगेकाले मल अभाव केही हदसम्म कम हुने विश्वास गरिएको छ।

आएको ३० हजार टन डीएपीमध्ये झन्डै ११ हजार टन वीरगन्ज प्रादेशिक कार्यालयमार्फत वितरण गरिनेछ। बाँकी परिमाण विराटनगर र भैरहवा प्रादेशिक कार्यालयमा पठाइने तयारी रहेको कम्पनीले जनाएको छ।

यसैबीच, डीएपीपछि युरिया मलको अर्को खेप पनि करिब एक साताभित्र कोलकाता बन्दरगाह आइपुग्ने जानकारी कम्पनीले दिएको छ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी नेपालका विभिन्न क्षेत्रमा मल वितरण गरिने तयारी छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.